चर्चामा
मकवानपुर । निरन्तर वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढ्न थालेको छ।
आइतबार बिहान ५ बजेसम्म जलाशयमा पानीको सतह १५२५ दशमलव ११ मिटर पुगेको जनाइएको छ। कुलेखानी जलाशयमा अधिकतम १५३० मिटरसम्म पानी भण्डारण गर्न सक्ने क्षमता रहेको छ।
हाल जलाशयबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको छ। तर, निरन्तर वर्षा भइरहेकाले पानीको सतह अघिल्ला दिनको तुलनामा केही तीव्र गतिमा बढिरहेको जनाइएको छ।
जलाशयको पानीको सतह १५२७ मिटर पुगेपछि पहिलो साइरन बजाइनेछ। त्यसपछि पानीको सतह थप बढ्दै गएर क्रमशः तीन पटक साइरन बज्ने अवस्था आएमा जलाशयको सतह १५३० मिटर पुगेको मानिनेछ।
पानीको सतह १५३० मिटर पुगेपछि जोखिम व्यवस्थापनका लागि बिस्तारै बाँध (ड्याम) को मुख्य ढोका खोलिने जनाइएको छ। निरन्तर वर्षाका कारण जलाशयमा पानीको सतह बढिरहेकाले सम्बन्धित निकायले अवस्थाको निगरानी गरिरहेको छ।
काठमाडौं । श्रीलंकाका अनुभवी विकेटकिपर-ब्याटर कुशल परेरा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्क ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!