पर्वतको जलजलामा बाढीले २० भन्दा बढी घर बगायो

पर्वतको जलजलामा बाढीले २० भन्दा बढी घर बगायो

पोखरा । अविरल वर्षापछि आएको कालीगण्डकी नदीको बाढीले पर्वतको जलजला गाउँपालिका-८, फर्से क्षेत्रमा २० भन्दा बढी घर बगाएको छ। वडाध्यक्ष हरि विकास जिसीका अनुसार बाढीको बहाव अझै बढ्दो क्रममा रहेकाले थप सयभन्दा बढी घर जोखिममा छन्।

बाढीले घरसँगै स्थानीय विद्यालय, कृषि फर्म र गोठहरूमा समेत क्षति पुर्‍याएको छ। ठूलो भौतिक क्षति भए पनि हालसम्म मानवीय क्षति नभएको र स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष जिसीले बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP