पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, महाराजगन्जस्थित निवासबाट नियन्त्रणमा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, महाराजगन्जस्थित निवासबाट नियन्त्रणमा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आइतबार महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा जबरालाई नियन्त्रणमा लिइएको एक उच्च प्रहरी अधिकारीले बताएका छन्। यद्यपि, उनीविरुद्ध परेको उजुरीको प्रकृति र विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।

जबरा २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त भएका थिए। पछि २०७८ फागुन १ गते प्रतिनिधिसभामा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो। 

महाभियोग प्रस्ताव दर्तासँगै उनी निलम्बनमा परेका थिए। उक्त प्रस्ताव अन्तिम टुंगोमा नपुगे पनि जबरा सर्वोच्च अदालत फर्किन पाएनन् र निलम्बित अवस्थामै उनको कार्यकाल समाप्त भएको थियो। 

प्रहरीले पक्राउसँग सम्बन्धित थप विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। अहिले जबरामाथि लागेको आरोप र अनुसन्धानको विषयबारे चासो बढेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दशैँ सकेर काठमाडौं फर्किनेको चाप बढ्यो, नाकामा भिडभाड
एक घण्टा अगाडि

काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...

छुटाउनुभयो कि ?

TOP