चर्चामा
काठमाडौं, असोज ११ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बुढानिलकण्ठ नगरपालिका–१० मा क्षेत्रीय तथा प्रदेश (क र ख) उद्घाटन अधिवेशन आइतबार सम्पन्न भएको छ।
कोटबारी घर रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रम क्षेत्रीय सभापति श्यामकृष्ण सङ्गतको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन सचिव प्रवेश लामिछानेले गरेका थिए।सर्बसहमतिको प्रयास भैरहेकोछ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घले प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। विशेष अतिथिका रूपमा एङ्गिला शेर्पा, प्रतिनिधिसभा सदस्य श्रीराम लामिछाने, महाधिवेशन प्रतिनिधि नर्मदा पोख्रेल, नगर सभापति जनक थापा, नुच्चेनारायण श्रेष्ठ, काठमाडौं महानगरपालिका–३० का वडा अध्यक्ष दलबहादुर कार्की, सचिन तिमिल्सिना, रामप्रसाद लुइँटेल, उपसभापति विमल होडालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा ४१४ जना क्षेत्रीय प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ। सो अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा न–१० का काङ्ग्रेस सभापति श्यामकुमार तिमिल्सिनाले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै पार्टी संगठनलाई थप सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत देशभर विभिन्न तहका अधिवेशन तथा संगठन विस्तारका कार्यक्रमलाई तीव्रता दिएको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी असोज २२ गतेका लागि बोलाएको सभा बैठकप्रति विश्वविद्यालयसँग ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!