कञ्चनपुर-कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-१०, खड्खदे नजिक महाकाली नदीमा भिडियो बनाउने क्रममा एक १५ वर्षीया किशोरी नदीमा खसेर बेपत्ता भएकी छन्।
बेपत्ता हुनेमा स्थानीय सृष्टि सुनार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार नदी किनारमा भिडियो खिच्ने क्रममा उनी अचानक नियन्त्रण गुमाएर महाकाली नदीमा खसेकी हुन्।
घटनासँग सम्बन्धित भिडियोसमेत सार्वजनिक भएको छ। उक्त भिडियोमा किशोरी नदी किनारमा भिडियो खिचिरहेका बेला अचानक नदीतर्फ खसेको दृश्य देखिन्छ। भिडियो सार्वजनिक भएपछि घटनाले थप चासो पाएको छ।
किशोरी नदीमा खसेलगत्तै घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो। त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा परिचालन गरी खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिएका छन्।
सुरक्षाकर्मीले महाकाली नदीको किनार तथा सम्भावित क्षेत्रमा खोजी गरिरहेका छन्। नदीमा पानीको बहाव र भौगोलिक अवस्थाका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ।
प्रहरीका अनुसार हालसम्म किशोरीको अवस्था पत्ता लाग्न सकेको छैन। उनको खोजीका लागि सुरक्षाकर्मीले सम्भावित स्थानहरूमा निरन्तर निगरानी तथा खोजतलास गरिरहेका छन्।
घटनापछि नदी किनारमा जोखिमपूर्ण गतिविधि गर्दै भिडियो तथा तस्बिर खिच्दा सावधानी अपनाउनुपर्ने विषयसमेत पुनः चर्चामा आएको छ। प्रहरीले नदीको बहाव तीव्र हुने तथा किनारका कतिपय भाग चिप्लो र जोखिमपूर्ण हुने भएकाले यस्ता स्थानमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!