कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ७३० जग्गाधनीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । गाउँब्लक जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया पूरा भएपछि वडा नम्बर ७ र ८ का जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो ।
बुद्धभूमि नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा बुद्धभूमि–८ मा आयोजित कार्यक्रममा वडा नम्बर ७ का ३३८ र वडा नम्बर ८ का ३९२ गरी ७३० जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा समस्या झेल्दै आएका स्थानीयवासीले लालपुर्जा पाएसँगै आफ्नो सम्पत्तिको कानुनी स्वामित्व स्थापित गर्न सहज हुने भएको छ ।
नगरप्रमुख केशवकुमार श्रेष्ठले गाउँब्लक जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए ।
उनका अनुसार लालपुर्जा प्राप्त भएपछि स्थानीयवासीको जग्गामाथिको स्वामित्व सुरक्षित हुनुका साथै जग्गासम्बन्धी आर्थिक तथा सामाजिक गतिविधिमा समेत सहजता आउनेछ ।
“नगरपालिकाभित्र रहेका गाउँब्लक जग्गाधनी सबैलाई क्रमशः प्रमाणपुर्जा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ,” नगरप्रमुख श्रेष्ठले भने, “बाँकी जग्गा दर्ताको काम सम्बन्धित निकायसँग समन्वय गरी छिटो सम्पन्न गर्न पहल गरिनेछ ।”
नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले गाउँब्लक जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया अघि बढाएर प्रमाणपुर्जा वितरण गरिएको बताए । प्रमाणपुर्जामा नाम, कित्ता नम्बर, क्षेत्रफललगायत विवरणमा त्रुटि भए सच्याउन सकिने भएकाले प्रमाणपुर्जा प्राप्त गरेपछि विवरण ध्यानपूर्वक जाँच गर्न उनले जग्गाधनीलाई आग्रह गरे ।
यसअघि बुद्धभूमि–५ का ३३५, वडा नम्बर ६ का ६२० र वडा नम्बर १० का ७३१ घरपरिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको छ ।
वडा नम्बर ७ र ८ का ७३० समेत गरी बुद्धभूमि नगरपालिकामा हालसम्म २ हजार ४१६ घरपरिवारले लालपुर्जा प्राप्त गरेका छन् ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!