काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १ जमलस्थित सार्वजनिक फुटपाथ खनी क्षति पुर्याएको आरोपमा काठमाडौं महानगर प्रहरी बलले सेट्पा होल्डिङ फुड एन्ड बेभरेज प्रालि लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ।
महानगर प्रहरीका अनुसार सार्वजनिक फुटपाथ खनी संरचनामा क्षति पुर्याएको पाइएपछि कम्पनीमाथि कारबाहीस्वरूप एक लाख रुपैयाँ जरिवाना गरिएको हो।
सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्य कानुनविपरीत रहेको भन्दै महानगरले यस्ता गतिविधि रोक्न निगरानी र कारबाहीलाई थप कडा बनाइएको जनाएको छ।
महानगर प्रहरी बलले सार्वजनिक पूर्वाधारमा क्षति पुर्याउने व्यक्ति वा संस्थामाथि नियमअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।
डुम्रे (तनहुँ) का १० वटै पालिकामा मगर भाषाको पठनपाठन गरिने भएको छ । मगर भाषा, लिपि, संस्कृति तथा पहि ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!