मकवानपुर ।मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ हेभी क्षेत्रमा सशस्त्र प्रहरीले बिलबिजकविनाको ठूलो परिमाणमा लत्ताकपडा बरामद गरेको छ।
बैशाख २९ गते हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०५३९ नम्बरको यात्रुबाहक ईभी गाडीलाई शंका लागेर चेकजाँच गर्दा ६ बोरा सर्टिङ–सुटिङ कपडा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीका अनुसार बरामद कपडाको कुनै बिलबिजक नभेटिएपछि नियन्त्रणमा लिइएको हो।
गाडी चालकका अनुसार ती कपडा हेटौंडा बजारबाट एक अपरिचित व्यक्तिले काठमाडौं लैजान भन्दै गाडीमा राखेका थिए। ती व्यक्तिले “म मोटरसाइकलमा पछि आउँछु” भने पनि त्यसपछि सम्पर्कविहीन भएको चालकको भनाइ छ।
बरामद गरिएको लत्ताकपडा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ
नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा शुक्रबार बिहान भारतीय सुरक्षाकर्मी नेपा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!