सुनचाँदीको मूल्य वृद्धि

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौँ  । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ८१० मा कारोबार भएको थियो । गत बुधबार एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी रु चार हजार ९१५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६५० र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ  ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
11 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP