काभ्रेपलाञ्चोक । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण बीपी राजमार्ग का विभिन्न सडकखण्डमा गम्भीर क्षति पुगेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक का अनुसार गएराति परेको अविरल वर्षाका कारण सडक भासिने, पहिरो झर्ने तथा संरचना बिग्रिने समस्या देखिएको हो। बुधबार बिहान जारी गरिएको सूचनामा “प्रतिकूल मौसमका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुगेकाले हाल राजमार्ग पूर्ण रूपमा बन्द गरिएको” उल्लेख गरिएको छ।
प्रहरीले उक्त राजमार्ग हुँदै यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्दै जोखिमपूर्ण अवस्थामा आवागमन गर्दा थप दुर्घटना हुन सक्ने चेतावनी दिएको छ। साथै, यात्रुहरूलाई सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
राजमार्ग खुलाउने प्रयास जारी रहेको भए पनि मौसममा सुधार नआएसम्म तत्काल सञ्चालनमा ल्याउन कठिन हुने देखिएको छ।
कर्णाली । नेपालमा गणतन्त्र स्थापना दुई दशक पुग्न थालेको छ । २०६५ जेठ १५ गते मुलुकमा गणतन्त्र स्थापना ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!