उच्च अदालतको अनुरोधपछि बुटवलमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढ्यो

उच्च अदालतको अनुरोधपछि बुटवलमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढ्यो

बुटवल। उच्च अदालत बुटवल को अनुरोधपछि बुटवलमा सरकारी जग्गा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको छ। डोजर सञ्चालनको तयारीसँगै प्रभावित क्षेत्रमा रहेका संरचनाबाट सामान सार्ने क्रम सुरु भएको छ।

बुटवल उपमहानगरपालिका ले बुटवल–४, जेसिज चोक उत्तरतर्फको अतिक्रमित सरकारी जग्गा खाली गराउने कार्य अघि बढाएको हो। उपमहानगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरी चाँडै औपचारिक सूचना जारी गरेर हटाउने अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

सूचना जारी हुने सम्भावनाबारे चर्चा चलेसँगै आइतबार बिहानैदेखि त्यहाँ रहेका व्यवसायी तथा संरचना निर्माण गरेर बसोबास गर्दै आएका व्यक्तिहरू सामान सार्न व्यस्त देखिएका छन्।

उक्त क्षेत्रमा वर्षौंदेखि घरटहरा, पसल तथा विभिन्न संघ–संस्थाका भवनहरू रहेका छन्। स्थानीय तहले सार्वजनिक जग्गा संरक्षणका लागि अतिक्रमण हटाउने कार्य आवश्यक रहेको बताएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

टोखा नगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति आवेदन खुला गर्‍यो
एक दिन अगाडि

काठमाडौं । टोखा नगरपालिकाले आफ्ना शैक्षिक संस्थानहरूमा कक्षा ११ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूक ...

छुटाउनुभयो कि ?

TOP