काठमाडौं।काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलले थापाथली र गैह्रीगाउँ, सिनामंगल क्षेत्रमा रहेका अवैध बसोवास हटाउने क्रममा विस्थापित भएका व्यक्तिहरुलाई किर्तिपुरस्थित राधास्वामी सतसंग ब्यास नेपालमा राखेर राहत स्वरूप खाना वितरण गरिएको छ।
महानगरले सार्वजनिक स्थल अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिएसँगै ती क्षेत्रमा बसोबास गर्दै आएका परिवारहरू विस्थापित भएका थिए। उक्त अभियानपछि तत्कालीन व्यवस्थापनका लागि उनीहरुलाई किर्तिपुर लगिएको महानगर प्रहरी स्रोतले जनाएको छ।
महानगर प्रहरी प्रमुख बिष्णु प्रसाद जोशीका अनुसार, विस्थापित नागरिकहरूलाई खुला आकाशमा बस्न नपरोस् भन्ने उद्देश्यले अस्थायी रूपमा सुरक्षित स्थानमा राखेर खाना तथा आधारभूत आवश्यकताहरू उपलब्ध गराइएको हो। उनले यसलाई मानवीय जिम्मेवारीका रूपमा लिइएको बताउँदै थप व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जानकारी दिए।
विस्थापित नागरिकहरूको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै अस्थायी बसोबासको व्यवस्था मिलाउनुका साथै दैनिक खाना वितरण कार्य सञ्चालन गरिएको हो। राहत वितरणमा महानगर प्रहरीसँगै सम्बन्धित निकाय र स्वयंसेवी समूहहरूको समेत सहभागिता रहेको बताइएको छ।
महानगरका अधिकारीका अनुसार सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता अभियान निरन्तर रहनेछन्। यद्यपि, विस्थापितहरूको दीर्घकालीन व्यवस्थापन र पुनर्स्थापनाबारे स्पष्ट योजना भने अझै सार्वजनिक गरिएको छैन।
यसैबीच, प्रभावित परिवारहरूले वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् भने मानवअधिकारकर्मीहरूले मानवीय संवेदनशीलता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!