काठमाडौं । रेड मिडियाको आयोजना तथा टोखा नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा सञ्चालन भएको चार दिने बाल उद्घोषण तालिम सफलतापूर्वक सम्पन्न भएको छ। वैशाख ९ गतेदेखि सुरु भएको तालिम आज समापनसँगै सहभागीहरूले प्रमाणपत्र तथा दैनिक भत्ता बुझेका छन्।
समापन कार्यक्रममा बालबालिकाहरूले तालिमबाट सिकेका उद्घोषण सीप व्यवहारमा उतार्दै स्वयं कार्यक्रम सञ्चालन गरेका थिए। आत्मविश्वासका साथ मञ्च सम्हाल्दै उनीहरूले आफ्ना अनुभव खुलेर सुनाउँदा कार्यक्रम थप आकर्षक र प्रेरणादायी बनेको थियो।
कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख शिक्षा अधिकृत सिताराम कोइरालाले यस्ता तालिमले बालबालिकाको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा सञ्चार सीप अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे।
विशेष अतिथिका रूपमा वडा नम्बर ६ का वडाध्यक्ष शान्ता खनालले मन्तव्य दिँदै विद्यालय बन्द रहेको अवस्थामा यस्ता तालिमले बालबालिकालाई सक्रिय बनाउने र उनीहरूको आत्मविश्वास बढाउने उल्लेख गरिन्। कार्यक्रममा शिक्षा अधिकृत खगेन्द्र सिंह धामी, वडा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सभाध्यक्षता रेड मिडियाकी अध्यक्ष तथा तालीमको मुख्य प्रशिक्षक विष्णुमाया पौडेलले गरेकी थिइन्। उनले बालबालिकालाई सक्षम उद्घोषक बनाउने तथा उनीहरूको व्यक्तित्व र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताइन्।
तालिममा सहायक प्रशिक्षकका रूपमा आरबी केसी र कार्यक्रम संयोजकका रूपमा मन्दिप बिष्ट रहेका थिए। वडा नम्बर ६ भित्रका विभिन्न बाल क्लबमा आबद्ध बालबालिकाहरूको सहभागिता रहेको उक्त तालिम दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिएको थियो।
चार दिनसम्म सञ्चालन भएको तालिमले बालबालिकामा नयाँ ऊर्जा, आत्मविश्वास र प्रस्तुतीकरण क्षमता विकास गरेको आयोजकले जनाएको छ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!