काठमाडौं। काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने अभियान सनिवारदेखि सुरु हुने भएको छ। बस्ती हटाउन पाँचवटा डोजर तयारी अवस्थामा राखिएको छ भने दुई दिनभित्र सम्पूर्ण क्षेत्र खाली गर्ने लक्ष्य लिइएको छ।
महानगर प्रहरी बलका अनुसार बिहान ७ बजेदेखि नै डोजर परिचालन गरी घरटहरा भत्काउने र ‘साइट क्लियर’ गर्ने कार्य अघि बढाइनेछ। पहिलो चरणमा थापाथलीसँगै मनोहरा र सिनामंगल–गैरिगाउँ क्षेत्रका संरचनाहरू हटाइने योजना छ।
“पाँचवटा डोजर तयारी अवस्थामा छन्। दुई दिनभित्र सबै संरचना हटाउने लक्ष्य छ, तर समय स्थलको अवस्थाअनुसार निर्धारण हुनेछ,” महानगर स्रोतले जनाएको छ।
बस्ती हटाउने क्रममा कुनै अवरोध हुन नदिन नेपाल प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएको छ। संवेदनशील अवस्थालाई मध्यनजर गर्दै बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ।
सरकारले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी पहिचान गरी वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै आएको छ। तर, पुनर्वासको स्पष्ट खाका नआउँदा बस्ती हटाउने कदमलाई लिएर विभिन्न तहमा बहस भइरहेको छ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!