काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक सञ्चालन समय आज रातिदेखि परिवर्तन हुने भएको छ। नयाँ व्यवस्थाअनुसार विमानस्थल अब प्रत्येक दिन राति ११:४५ बजे बन्द भई बिहान ६:३० बजे मात्र सञ्चालनमा आउनेछ।
विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार यसअघि विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको थियो। तर धावनमार्ग (रनवे) नजिक ट्याक्सीवे ब्राभो, चार्ली, क्युबिक र रोमियो क्षेत्रमा निर्माण कार्य आवश्यक भएकाले दैनिक बन्द अवधि बढाइएको हो।
विमानस्थलले जारी गरेको NOTAM अनुसार सो अवधिमा विमानस्थल पूर्ण रूपमा बन्द रहनेछ। यसले गर्दा खाडी मुलुक, भारत र टर्की जाने–आउने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने र उडान तालिका पुनः समायोजन गरिएको छ।
यो नयाँ व्यवस्था ७ वैशाख राति ११:४५ बजेदेखि लागू भई जेठ ४ गते बिहान ६:३० बजेसम्म कायम रहनेछ। निर्माण कार्यका कारण दैनिक उडान सञ्चालन निश्चित समयका लागि रोकिने विमानस्थलले जनाएको छ।
यसअघि पनि पूर्वाधार विस्तारका क्रममा विमानस्थलले चरणबद्ध रूपमा रात्रीकालीन उडान समय सीमित गर्दै आएको थियो। पछिल्लो चरणमा माघ २०८१ देखि राति १० बजेदेखि उडान बन्द गर्दै निर्माण कार्य सुरु गरिएको थियो भने पछि समय परिमार्जन गरी राति ११ बजेदेखि बन्द गर्ने व्यवस्था लागू गरिएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२६ पछि वार्षिक करिब १ करोड यात्रु सेवा दिने लक्ष्यसहित विस्तार कार्य तीव्र पारिएको छ। अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सीवे तथा ह्याङ्गर निर्माण कार्य नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त लगानीमा भइरहेको छ।
काठमाडौँ।काठमाडौँ महानगरपालिका–२९, अनामनगर वडा कार्यालय अगाडि फुटपाथबाट निकालेर जम्मा गरी राखि ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!