काठमाडौं।पश्चिम एसियामा विकसित असहज परिस्थितिका कारण अस्थायी रूपमा रोकिएको वैदेशिक रोजगारी प्रक्रिया पुनः सञ्चालनमा आएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचनाअनुसार खाडी मुलुकहरू साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन र ओमानका लागि श्रम स्वीकृति पुनः खुला गरिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयअनुसार यसअघि रोकिएका व्यक्तिगत, संस्थागत तथा कागजात वैधानिकीकरण लगायत सबै प्रकारका श्रम स्वीकृति प्रक्रिया अब नियमित रूपमा अघि बढाइने भएको छ।
विभागले पश्चिम एसियामा देखिएको परिस्थितिको जोखिम मूल्यांकनपछि यो निर्णय गरिएको जनाएको छ। यद्यपि इराकका सम्बन्धमा भने अघिल्लो सरकारी निर्णय यथावत रहने स्पष्ट गरिएको छ।
यस निर्णयसँगै दूतावासमार्फत हुने मागपत्र प्रमाणीकरण (Demand Letter Attestation) लगायतका प्रक्रिया पनि पुनः सुरु हुनेछन्। यसले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौं नेपाली युवालाई तत्काल राहत पुग्ने अपेक्षा गरिएको छ।
सरकारले सम्बन्धित निकायहरूलाई समन्वय गर्दै वैदेशिक रोजगारी प्रक्रियालाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउन निर्देशन दिएको छ।
काठमाडौँ।काठमाडौँ महानगरपालिका–२९, अनामनगर वडा कार्यालय अगाडि फुटपाथबाट निकालेर जम्मा गरी राखि ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!