काठमाडौँ।काठमाडौँ महानगरपालिका–२९, अनामनगर वडा कार्यालय अगाडि फुटपाथबाट निकालेर जम्मा गरी राखिएका पुराना ब्लकहरु चोरी गर्दै गर्दा गाडी सहित एक चालकलाई रंगेहात पक्राउ गरिएको छ।
महानगर प्रहरी बलका अनुसार ना ३ ख ४३६३ नम्बरको गाडी प्रयोग गरी पुराना ब्लकहरु लैजाँदै गर्दा चालक रामबहादुर भण्डारीलाई नियन्त्रणमा लिइएको हो। घटनापछि उनलाई महानगर प्रहरी बलले रु ५० हजार जरिवाना गरेको छ।
काठमाडौँ महानगर प्रहरी बल प्रमुख विष्णु प्रसाद जोशीका अनुसार सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा चोरीको प्रयास भएको भन्दै तत्काल कारबाही गरिएको हो। उनले यस्ता गतिविधि रोक्न नियमित अनुगमन तथा निगरानी कडा पारिएको पनि बताए।
काठमाडौं।पश्चिम एसियामा विकसित असहज परिस्थितिका कारण अस्थायी रूपमा रोकिएको वैदेशिक रोजगारी प्रक्रिया ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!