काठमाडौं । अध्यागमन विभाग ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका दुई अधिकृतलाई विभागीय कारबाही गर्दै जिम्मेवारीबाट हटाएको छ।
कारबाहीमा पर्नेमा अधिकृत बिमल पौडेल र अधिकृत टोप बहादुर खत्री रहेका छन्। उनीहरूले विभागको नीति तथा नियम विपरीत कार्य गरेको निष्कर्षसहित जिम्मेवारीबाट हटाइएको जनाइएको छ।
स्रोतका अनुसार Emirates (संयुक्त अरब इमिरेट्स) प्रस्थान गर्न लागेको एक नेपाली नागरिकको पासपोर्टमा ‘departure अनुमति’सँगै “employment is strictly prohibited visit till 10/6/2026” भन्ने छाप लगाइएको विषय बाहिरिएपछि घटना छानबिनमा परेको थियो।
उक्त घटनापछि विभागले तत्काल छानबिन समिति गठन गरेको थियो। समितिको सिफारिसका आधारमा दुवै अधिकृतमाथि विभागीय कारबाही गरिएको हो।
उनीहरूमाथि थप अनुसन्धानसमेत जारी रहेको उच्च स्रोतले जनाएको छ।
काठमाडौं।उच्चस्तरीय आपतकालीन प्रतिकार्य कार्यदल (ERT) को बैठकले वैदेशिक रोजगारीका लागि पश्चिम एसियास ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!