वैदेशिक रोजगारीका लागि पश्चिम एसियाका देश खुला गर्न सिफारिस, श्रम स्वीकृति पुनः सुरु गर्ने निर्णय

वैदेशिक रोजगारीका लागि पश्चिम एसियाका देश खुला गर्न सिफारिस, श्रम स्वीकृति पुनः सुरु गर्ने निर्णय

काठमाडौं।उच्चस्तरीय आपतकालीन प्रतिकार्य कार्यदल (ERT) को बैठकले वैदेशिक रोजगारीका लागि पश्चिम एसियास्थित श्रम गन्तव्य मुलुकहरू खुला गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। उक्त कार्यदलको २०८१ माघ २० गतेदेखि २०८२ वैशाख २५ गतेसम्म बसेका विभिन्न पाँच बैठकका निर्णयहरूको पुनरावलोकनपछि यस्तो निष्कर्ष निकालिएको हो।

बैठकले वैदेशिक रोजगारीलाई सहज बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। निर्णयअनुसार परराष्ट्र मन्त्रालयलाई नयाँ ट्राभल एडभाइजरी (Travel Advisory) जारी गर्न सिफारिस गरिएको छ।

त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्थायी रूपमा रोकिएको श्रम स्वीकृति (Labour Permit) पुनः खुला गर्ने निर्णय गरेको छ। यससँगै सबै प्रकारका श्रम स्वीकृति, पुनः प्रवेश कार्य अनुमति (Re-entry Work Permit) तथा नियोगहरूबाट हुने कागजात वैधानिकीकरण (Legalization) प्रक्रिया समेत पुनः सञ्चालनमा ल्याइने भएको छ।

बैठकले परराष्ट्र मन्त्रालयलाई पश्चिम एसियामा रहेका सबै नेपाली नियोगहरूलाई कामदार मागपत्र प्रमाणीकरण (Demand Letter Attestation) पुनः सुरु गर्न निर्देशन दिनुपर्ने उल्लेख गरेको छ।

यसका साथै, पश्चिम एसियाका विभिन्न मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको विवरण दर्ता (Registration) कार्यलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरिएको छ। कन्सुलर सेवा विभागमार्फत सञ्चालनमा ल्याइएको Registration Portal लाई स्थायी संरचनाका रूपमा निरन्तरता दिने तथा आवश्यक परे नयाँ सूचना जारी गर्ने व्यवस्था गरिने जनाइएको छ।

कार्यदलको  निर्णयले वैदेशिक रोजगारीको प्रक्रिया पुनः सहज हुने र विदेशमा कार्यरत नेपालीहरूको व्यवस्थापन तथा सुरक्षामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

१३ अंक घट्यो सेयर बजार
4 घण्टा अगाडि

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से १३.१७ अंक घटेको छ । सो गिरावटस ...

छुटाउनुभयो कि ?

TOP