आयोजना प्रमुख डा. भाइकाजी तिवारी र शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध मुद्दा दर्ता

आयोजना प्रमुख डा. भाइकाजी तिवारी र शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध मुद्दा दर्ता

काठमाडौं। सरकारी कागजात किर्ते गरी अनुसन्धान प्रभावित पार्ने प्रयास गरेको आरोपमा आयोजना प्रमुख र शाखा अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजनामा कार्यरत तत्कालीन आयोजना प्रमुख डा. भाइकाजी तिवारी र शाखा अधिकृत (करार) याम कुमार कार्कीविरुद्ध आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार कार्कीले आफ्नो विरुद्ध चलिरहेको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानमा पेश गरेको एक पत्र शंकास्पद देखिएपछि अनुसन्धान अघि बढाइएको थियो। उक्त पत्रमा कार्यालय समय बाहेक पार्ट टाइम काम तथा अध्ययन–अध्यापन गर्न अनुमति दिएको उल्लेख भए पनि चलानी नम्बर नरहेको र कार्यालय अभिलेखमा समेत दर्ता नभएको पाइएको आयोगले जनाएको छ।

अनुसन्धानमा सो पत्र २०६२ साल पुस २९ को मितिमा तयार भएको देखिए पनि तत्कालीन प्रशासनिक व्यवस्था र राजपत्रीय नियम अनुसार “नेपाल सरकार” शब्द प्रयोग नहुने तथ्यले दस्तावेज नक्कली भएको पुष्टि भएको आयोगको दाबी छ।

साथै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारको परीक्षण प्रतिवेदन तथा सम्बन्धित कार्यालयको अभिलेखमा पनि उक्त पत्र तथा निवेदन फेला नपरेको जनाइएको छ।
आयोगका अनुसार तिवारी र कार्कीबीच मिलेमतो गरी अनुसन्धान निकायलाई भ्रममा पार्ने उद्देश्यले सरकारी लेटरहेड र छापको दुरुपयोग गर्दै झुट्टा कागजात तयार गरी प्रयोग गरिएको पुष्टि भएको छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ अन्तर्गतको कसुर भएको भन्दै दुवै प्रतिवादीविरुद्ध कैद र जरिवाना सजायको मागदाबी लिई विशेष अदालत काठमाडौं मा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
10 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP