काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु सात हजार २०० र चाँदी तोलामा रु २०५ ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २५ कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८२० कायम भएको थियो । गत सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७८० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८७० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
संम्बाददाता
- २०८२-१२-२५
1 हप्ता अगाडि
काठमाडौँ । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्र्षमा यस वर्षको दोस्रो याम (चैत-वैशाख) मा १३ नाउर र छ झ
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!