प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै हुनुहुन्छ । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ ।    
    
परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।    
    
यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “प्रधानमन्त्री वालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ । मर्यादित कूटनीति, बलियो नेपाल !”    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एमालेका मेचे राष्ट्रियसभा सचेतक
1 हप्ता अगाडि

काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । एमाले ...

छुटाउनुभयो कि ?

TOP