काठमाडौं । लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सैनिक रहेको क्याम्पमा आक्रमण भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन मुख्यालय रहेको स्थानमा शुक्रबार बेलुका विस्फोट भएको हो।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार आक्रमण भए पनि नेपाली शान्ति सैनिक भने सकुशल रहेका छन्। माइस-अल-जबाल क्षेत्रमा भएको विस्फोटबाट नजिकैको एक घरमा क्षति पुगेको र नेपाली सैनिकका केही व्यक्तिगत सामानमा सामान्य क्षति भएको जानकारी उनले दिए।
आक्रमणको समयमा सबै शान्ति सैनिक बंकरभित्र रहेकाले कुनै मानवीय क्षति नभएको नेपाली सेनाले जनाएको छ। हाल लेबनानमा करिब ५०० भन्दा बढी नेपाली शान्ति सैनिक तैनाथ छन्, जसको नेतृत्व दक्षिण लेबनानस्थित बटालियन मुख्यालयबाट हुँदै आएको छ।
लेबनानको सरकारी समाचार संस्था नेशनल न्युज एजेन्सीले भने इजरायलतर्फबाट आएको गोला नेपाली बटालियनको मुख्यालय परिसरमा खसेको दाबी गरेको छ। तर आक्रमण कहाँबाट भएको हो भन्ने विषयमा अझै यकिन भइनसकेको नेपाली सेनाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
काठमाडौं । गीत संगीतमार्फत समाजका कथा बोलेर चर्चा कमाएका प्रकाश सपुत को संसद् यात्रा यसपटक अधुरै बने ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!