एकै दिन सुनको ५ हजार ६ सय बढ्यो सुनको मुल्य

एकै दिन सुनको ५ हजार ६ सय बढ्यो सुनको मुल्य

काठमाडौं । केही दिनदेखी निरन्तर बढीरहेको सुनको मुल्य आज पनि बढेको छ । सोमबार सुनको मुल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँका कारेबार भएके सुनको मुल्य आज भने ३ लाख २६ हजार १ सय रुपयाँमा कारोबार भैरहेको छ । मध्यपूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि यसको प्रभाव देखिएको हो ।

यसअघि माघ १५ गते सुनको मुल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ यो मुल्य सममकै उच्च हो । त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार २० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते !
4 घण्टा अगाडि

गाईघाट (उदयपुर) | जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज म ...

छुटाउनुभयो कि ?

TOP