सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ तर आमाको गुमेको कोख कहिल्यै भरिदैन्ः सभापति लामिछाने

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ तर आमाको गुमेको कोख कहिल्यै भरिदैन्ः सभापति लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताए । आज रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेको कारण पछि मात्र सिंहदरबार जलेको दाबी गरे ।

“यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस गरयो भनेर । तर २३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन”, उनले भने, “जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन । रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन । सिंहदरबार हामी पुनः निर्माण गर्छौँ । सरकारी संरचना जलेकामा हामीले गौरव गरेका छैनौँ ।”

आफू वा कोही पनि प्रश्न भन्दामाथि नरहेको उहाँले बताउनुभयो । लामिछानेले आजै पालुङटार नगरपालिकामा आयोजित चुनावी सभामा समेत सम्बोधन गरेका थिए । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सिंहदरबारमा आकस्मिक सुरक्षा बैठक, उच्च सतर्कता अपनाइँदै
एक महिना अगाडि

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ ले शनिबार साँझ सिंहदरबार मा आकस्मिक सुरक्षा बैठक बोलाएका छन्। बैठकमा ...

छुटाउनुभयो कि ?

TOP