पोखरा, वैशाख १८ — पोखराको गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिदाई गरिएको छ।
बिदाई समारोह भावुक वातावरणमा सम्पन्न भएको थियो। कथा वाचनमार्फत दर्शकहृदयमा स्थान बनाएकी देवी प्रतिभाको बिदाइका बेला श्रद्धालु र आयोजक भावविह्वल देखिए। देवी आफैं पनि आँशु सम्हाल्न नसकेको दृश्य देखिएको थियो।
कोटीहोमका संकल्पकर्ता विजय कृष्णमूर्तिले फूलले पूजा गर्दै देवी प्रतिभालाई बिदाइ गरे। उनको टिमसहित देवीलाई आयोजक संस्था मानवसेवा फाउण्डेशनले सम्मान गर्दै विदा गरेको हो। अभिनन्दनपत्र वाचन गर्ने क्रममा विजय कृष्णमूर्ति भावुक भई भक्कानिएपछि समारोह केहीबेर स्तब्ध बनेको थियो।
देवी प्रतिभा वैशाख ५ गते पोखरा आएकी थिइन् र शुक्रबार बिहान भारत फर्कने कार्यक्रम रहेको छ। आइतबारदेखि झारखण्डमा उनको कथा वाचन कार्यक्रम तय भएको जानकारी प्राप्त भएको छ।
संकल्पकर्ता विजय कृष्णमूर्तिका अनुसार आगामी जेठ १० देखि १६ गतेसम्म देवी प्रतिभालाई पुनः पोखरा ल्याउने प्रयास भइरहेको छ।
देवीले बिदाईको समय भावुक हुँदै सोधिन्, “मैले सुनाएको कथा मन पर्यो?” भक्तजनले ठूलो स्वरमा “निकै खुशी भयौँ, तपाईं अझै बस्नुपर्थ्यो” भन्दै जवाफ दिएका थिए।
यसैबीच, देवी प्रतिभाको बिदाईसँगै अब राम कथा वाचन गर्ने जिम्मेवारी भारतका युवा दार्शनिक तथा वाचक प्रशान्त कृष्ण परांकुशले लिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिएका छन्।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया