पोखरामा ११ हजार कलशसहितको शोभायात्रा सम्पन्न, हेलिकप्टरबाट पुष्पवृष्टि

पोखरा, वैशाख १६—गण्डकी कोटिहोम महायज्ञको अवसरमा मंगलबार पोखरामा ११ हजार कलशसहित भव्य शोभायात्रा सम्पन्न भएको छ। बिरौटाबाट सुरु भएको कलशयात्रा नगर परिक्रमा गरी पुनः बिरौटा कोटिहोम प्राङ्गणमा समापन भएको हो।

शोभायात्राको नेतृत्व अन्तर्राष्ट्रिय श्रीमद्भागवत कथा वाचिका देवी प्रतिभाले गर्नुभएको थियो। शोभायात्राको क्रममा पोखराका विभिन्न स्थानमा स्थानीयवासी, धार्मिक श्रद्धालु र भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

कार्यक्रमका क्रममा हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो। आकाशबाट खसेका फूलहरूले शोभायात्रालाई अझ भव्य बनाएको सहभागीहरूले बताएका छन्।

कलश बोकेर सहभागी भएका महिला, पुरुष, युवायुवती र वृद्धवृद्धाहरू एकरूप पहिरनमा सुसज्जित देखिन्थे। कोटिहोम प्राङ्गण पुगेर शोभायात्रा समापन भएको थियो, जहाँ कोटिहोमका सड्ढल्पकर्ता  विजयकृष्ण मुर्ति महाराजले श्रद्धालुहरूप्रति आभार प्रकट गर्नुभएको थियो।

“यो केवल धार्मिक गतिविधि मात्र  होइन, समृद्ध र सद्भावयुक्त समाज निर्माणको आधार हो,” महाराजले भन्नुभयो।

कलशयात्राका दृश्यहरू हेर्न सयौं स्थानीय छत, कौसी, र सडक किनारमा उभिएका थिए। मोबाइल र क्यामेराबाट ती दृश्यहरू कैद गरिरहेका थिए। देवी प्रतिभाले जनसमुदायतर्फ हात हल्लाउँदै, दोहोरो अभिवादन गर्दै श्रद्धापूर्वक सहभागिता जनाउनुभएको थियो।

शोभायात्रामा पोखराका प्रमुख धार्मिक, सामाजिक संस्थाका प्रतिनिधि, स्वयंसेवक र सुरक्षा निकायसमेत परिचालन गरिएको थियो।

गण्डकी कोटिहोम महायज्ञ बैशाख १७ गतेदेखि आगामी जेठ २६ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाले जानकारी दिएको छ। कथा वाचन, रुद्राभिषेक, दुर्गा सप्तशती, कोटि हवन, विशेष प्रवचन र सांस्कृतिक कार्यक्रमहरू समेत महायज्ञ अवधिभर सञ्चालन हुनेछन्।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP