बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी

बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन सुरु भएको छ । छ वटा वडा रहेको जिल्लाको बौँदीकाली गाउँपालिकामा तीन वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

बौँदीकालीको मत परिणाम सार्वजनिक भएको तीन वटा वडामध्ये दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् भने एउटामा नेकपा (एमाले)का उम्मेदवारले जित निकालेका छन् । वडा नम्बर ६ बाट मतगणना सुरु गरिएको बौँदीकालीको वडा नम्बर ६ र ४ मा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् भने वडा नम्बर ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार बौँदीकाली–६ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार खुमकुमार सारु मगर विजयी हुनुभएको छ । उहाँले ७२९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । त्यस्तै, बौँदीकाली–५ मा भने एमालेको प्यानल नै वियजी भएका छ । यहाँ वडाध्यक्षमा एमालेका खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको हो । उहाँले ४६२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका ओमबहादुर अस्लामी मगरले ३७४ मत प्राप्त गर्नुभयो । बौँदीकाली–४ को वडाध्यक्षमा कांग्रेसका मनबहादुर सारु मगर ८६८ मतसहित विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले ३८६ मत प्राप्त गर्नुभयो । यसअघिको स्थानीय तह निर्वाचन २०७४ मा बौँदीकालीको वडा नम्बर १, ३ र ४ कांग्रेसले जितेको थियो भने वडा नम्बर २, ५ र ६ एमालेले जितेको थियो । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बारामा कांग्रेस ३, एमाले २ र जसपा १ वडाध्यक्षमा विजयी
3 बर्ष अगाडि

निजगढ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन् । कांग्रेसका उम्मेदवार सूर ...

छुटाउनुभयो कि ?

TOP