राष्ट्रिय भलिबल : एपिएफको जीत

छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ)ले साविक विजेता न्यु डायमण्ड स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा एपिएफले न्यू डाइमण्डलाई ३–० को सेटमा पराजित गरेको हो । एपिएफले न्यु डायमण्डलाई २५–१९, २५–१० र २५–९ को सेटमा पराजित ग¥यो । जारी प्रतियोगितामा न्यु डायमण्डको यो लगातार चौथो हार हो । यस हारसँगै न्यु डायमण्डले ४ खेल १ अङ्क जोडेर प्रतियोगिताको अन्त्य गरेको छ ।

यता एपिएफको भने यो तेस्रो जीत हो । एपिएफको ९ अङ्क रहेको छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्बल सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले रु छ लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् ।

त्यसैगरी तेस्रो हुने टोलीले रु एक लाख ५० हजार र चौथो हुनेले रु ७५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

स्थानीय निर्वाचन उम्मेदवारी दर्ता आज र भोली, यी १८ प्रतिबद्धता घोषणा गर्नुपर्ने
2 बर्ष अगाडि

ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...

छुटाउनुभयो कि ?

TOP