इपीएल क्रिकेट २६ कात्तिकबाट

इपीएल क्रिकेट २६ कात्तिकबाट

२२ वैशाख,  काठमाडौं । फ्रेन्चाइच क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपीएल) को पाँचौ संस्करण कात्तिक अन्तिम सातादेखि सुरू हुने भएको छ । 

बिहीबार आयोजकले प्रतियोगिताको पाँचौं संस्करण आगामी २६ कात्तिकबाट सुरु हुने घोषणा गरेको हो । 

इपीएलमा काठमाडौं किङ्स ११, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स गरी ६ टोलीको सहभागिता रहने गरेको छ । 

यसअघि प्रतियोगिताको पछिल्लो संस्करणको उपाधि चितवन टाइगर्सले जितेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत २३ असोजमा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जिम्बावे विरुद्धको खेलमा नेपालले फिल्डिङ रोज्यो
3 बर्ष अगाडि

जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फि ...

छुटाउनुभयो कि ?

TOP