विश्वकप खेल्ने सोचमा रहेको नेपाललाई धक्का

२१ वैशाख, काठमाडौं । सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप वरियता आधारमा सिधैं खेल्ने अवसर रहेको नेपाललाई धक्का लागेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले बुधबार सार्वजनिक गरेको नयाँ विश्व वरियतामा ओडिआई र टि२० आई दुबैमा खस्किएको छ । टि२० आईमा पनि नेपालको एक स्थान खस्किदै १३ औं स्थानमा पुगेको छ । टि२० वरियता खस्किदा नेपाललाई धक्का लागेको छ । नेपाललाई अव वरियता बढाउनु पर्ने दबाब रहनेछ ।

आगमी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपबाट शीर्ष ८ टोली सोझैं छनोट हुने छन् । टि२० वरियतामा ती आठ देश बाहेक शीर्ष वरियतामा रहेका दुई टोलीले सोझैं विश्वकप खेल्नेछन् । वरियता २०२२ नोभेम्बर १४ मा सम्मकोलाई आधार मानिनेछ ।

टि२० वरियता खस्किदा नेपाललाई भने केहि धक्का लागेको छ । नेपाल वरियताको आधारमा सिधै विश्वकपमा छनोट नभएमा एसिया क्षेत्रबाट दुई कोटामा पर्नुपर्ने हुन्छ । नेपाल ओडिआईमा एक स्थान खस्किदै १९ औं स्थानमा पुगेको छ । ओडिआई वरियतामा नेपाल भन्दापछि पपुवा न्युगिनी २० औं स्थानमा छ ।

१८ औं स्थानमा अमेरिका उक्लिएको छ । १७ औं स्थानमा नामिबिया, १६ औं स्थानमा ओमान र जिम्बावे १५ औं स्थानमा छ । ओडिआईमा शीर्षस्थानमा न्युजिल्यान्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो र भारत चौथो स्थानमा छन् ।

टि२० आई वरियतामा १२ औं स्थानमा युएई उक्लिएको छ । आयरल्यान्ड १४ औं, स्टकल्यान्ड १५ औं, नामिबिया १६ औं र ओमान १७ औं स्थानमा छन् । टि२० आई विश्व वरियता शीर्षस्थानमा भारत, इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

स्थानीय निर्वाचन उम्मेदवारी दर्ता आज र भोली, यी १८ प्रतिबद्धता घोषणा गर्नुपर्ने
2 बर्ष अगाडि

ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...

छुटाउनुभयो कि ?

TOP