प्रधानसेनापति शर्माले दिए भारतीय समकक्षि पाण्डेलाई शुभकामना

२१ वैशाख,  काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेलाई बधाई तथा शुभकामना दिएका छन् । 

भारतीय सेनाको स्थल सेनाध्यक्षमा नियुक्त भएकोमा बुधबार भिडियो कन्फरेन्स मार्फत शर्माले उनलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको लागि शुभकामना दिएका हुन् । 

प्रधानसेनापति शर्माले उक्त भिडियो कन्फरेन्सको दौरान नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग पाण्डेको कार्यकालमा अझ उचाईमा पुग्ने विश्वास व्यक्त  गरेका थिए । 

‘उक्त अवसरमा भारतीय स्थल सेनाध्यक्ष जनरल पाण्डेलाई प्रधानसेनापति शर्माले नेपाल भ्रमणका लागि गर्नु भएको निमन्त्रणालाई स्वीकार गरी आपसी समन्वय र उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाउँदै दुई सेनाबीचको पारस्परिक सम्बन्ध भविष्यमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नु भएको थियो,’ नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रमुख लामा हटाएको भन्दै आयोगमा उजुरी
23 घण्टा अघि

काठमाडौँ, माघ १४ - गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प् ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP