२१ वैशाख, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एउटी महिलाले बालकोनीबाट तीन जिराफसँग खाना ‘सेयर’ गरेको देखिन्छिन् । ट्विटरमा गरिएको पोष्टअनुसार त्यो ठाउँ नैरोवीको जिराफ मनोर नामक होटल हो ।
‘जिराफहरूसँग बिहानको खाजा सेयर गर्दै’, बुइटेनजिबाइडेनले सेयर गरेको पोस्टमा लेखिएको छ । भिडियोलाई ट्वीटरमा २१ हजारले लाइक गर्नुका साथै ३ लाखभन्दा बढीले हेरिसकेका छन् ।
भिडियोलाई मानिसहरूले प्रशंसा गरेका छन् । ‘म ६ वर्षअघि जिराफ मनोर गएको थिएँ ! त्यहाँ आगन्तुकहरूले जिराफहरूलाई खुवाउन एक प्रकारको भाँडा उपलब्ध हुन्छ । जिराफलाई बिहान र दिउँसो खुवाउने मौका पाउनुहुन्छ’, एक प्रयोगकर्ताले ट्वीट गरे ।
विशिष्ट लुक र अनौठो उपस्थितिका कारण मानिसहरूले सामाजिक सञ्जालमा जिराफको भिडियोहरू हेर्न मन पराउँछन् । ‘संसारमा यति धेरै संकटबीच तपाइँको जनावरको विशेषताले कसैको जीवन शान्त बनाउँछ’, एक प्रयोगकर्ताले टिप्पणी गरे ।
‘ओएमजी मलाई मन प¥यो’, अर्का तेस्रा प्रयोगकर्ता टिप्पणी गर्छन् ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया