२० वैशाख, काठमाडौं । साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी छैठौं एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा पराजित हुँदा विभागीय टोली एपिएफ क्लबले लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको एभरेष्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजित भएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यु डायमन्डले पहिलो सेट २६–२४ ले गुमाए पनि दोस्रो र तेस्रो सेटमा जित निकाल्दै खेलमा फर्किने संकेत देखाएको थियो । दोस्रो र तेस्रो सेटमा १३–२५, २०–२५ को जित निकालेको थियो । जित सुनिश्चित गर्न न्यु डायमन्डलाई चौथो सेट जित्नै दबाब भए पनि चौथो सेटमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा २१–२५ ले गुमाउन पुग्दा खेल पाँचौ सेटमा पुगेको थियो । अन्तिम तथा निर्णायक सेटमा एभरेस्टले १५–१३ ले आफ्नो पक्षमा पारे पछि साविक विजेता स्तब्ध भएको हो भने एभरेष्टले दोस्रो खेलबाट पहिलो जित निकाल्न सफल भएको छ ।
राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही सम्मिलित एभरेस्ट यसअघि त्रिभुवन आर्मीसँग सोझो सेटमा पराजित भएको थियो । यससँगै न्यु डायमन्डले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । जित निकालेको एभरेष्टले अंक तालिकामा २ अंक जोड्दा पराजित न्यु डायमन्डले १ अंकको खाता खोलेको छ ।
महिला तर्फ मंगलबार नै सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । एपिएफले आर्मीलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा पराजित गर्दा आर्मीले जारी लिगमा पहिलो हार भोगेको हो । एपिएफले यसअघि नेपाल पुलिस क्लबसँग ३–१ को सेटमा पराजित भएको थियो । आर्मीले भने पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा समान दुई खेल खेलेका एपिएफ र आर्मीले समान तीन अंक जोडेका छन ।
जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फि ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!