मनाइयो अक्षय तृतीया

वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइएको छ ।

आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । जौको सातुमा गुड, चिनी, घीउ, दही र सक्खर मिसाएर सर्वत् बनाई ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ । दान गरेपछि सवपरिवार सर्वत् र सातु खाएर यो पर्व मनाइन्छ ।

आजका दिन विवाह आदि शुभकामका लागि साइत हेर्नु नपर्ने मान्यता छ । शिव र पार्वतीको विवाह पनि सत्ययुगमा वैशाख शुक्ल तृतीयाकै दिन भएको विभिन्न ग्रन्थमा उल्लेख छ ।मत्स्य, भविष्यलगायत पुराणग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको सुरुवात् भएको मानिन्छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो ।

परशुरामले नकारात्मक शक्तिको नाश गरी सात्विक गुणको प्रसार गर्नुभएको थियो । यसैले आजको दिनलाई परशुरामजयन्ती भनी मनाउने चलन पनि छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

गृहिणी महिला संघ नेपाल द्वारा रौतहटमा न्यानो कपडा बितरण
एक बर्ष अघि

११माघ ,काठमाडौ गृहिणी महिला संघ नेपालले शुक्रवार रौतहटमा न्यानो कपडा बितरण गरेकोछ। राजदेबी नगरपालिका ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP