२० वैशाख, काठमाडौँ । भारतीय नेशनल काँग्रेसका नेता राहुल गान्धी काठमाडौँ आएको विषय भारतमा चर्चित बनेको छ ।
राहुल गान्धी काठमाडौँको ठमेलस्थित लडस नाइटक्लबमा गएको फोटो र भिडियो सामाजिक संजालमा भाइरल भएपछि भारतको राजनीतिक वृतमा यस विषय अहिले चर्चित भएको छ ।
राहुलको भाइरल भिडियोलाई लिएर सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले प्रश्न उठाएको छ । भाजपा प्रवक्ता शहजाद पूनावालाले राहुलको भाइरल भिडियोमाथि प्रश्न उठाउदै भनेका छन्-
राहुल गान्धी के गर्दैछन् त्यो उनको व्यक्तिगत मामिला हो, तर जब राजस्थानको जोधपुरमा हिंसा भैरहेको छ, राजस्थानमा कांग्रेसको सरकार छ, त्यसमा चिन्ता व्यक्त गर्नुको सट्टा राजस्थान जलिरहेको छ, राहुल गान्धी देखिएका छन् । नेपालको नाइट क्लबमा पार्टी गर्दै । उनी अहिले भारतका जनताको समस्या जान्न उहाँसँग हुनुपर्ने हो । कांग्रेस पार्टी समाप्त भयो, तर राहुल गान्धीको पार्टी यसरी चल्नेछ, उनी राजनीतिमा गम्भीर छैनन् ।
भाजपाले राहुल गान्धीको आलोचना गर्न थालेपछि काँग्रेस प्रवक्ता रणदीप सुरजेवालाले राहुल गान्धी नेपालमा साथीको बिहेमा गएको स्पष्ट गरेका छन् ।
उनले भनेका छन्- राहुल गान्धी मित्र राष्ट्र नेपालमा साथीको बिहेमा गएका थिए, राहुलकी साथी जो पत्रकार पनि हुन् । साथीभाइ र परिवार हुनु, विवाहमा जानु पनि हाम्रो संस्कृतिको हिस्सा हो । यो देशमा बिहे गर्नु अपराध होइन । हुनसक्छ आज पछि भाजपाले निर्णय गर्नेछ कि विवाहमा उपस्थित हुनु गैरकानुनी हो र साथी बनाउनु अपराध हो, तर मलाई भन्नुहोस् कि हामी हाम्रा साथीहरू र परिवारका सदस्यहरूको विवाहमा उपस्थित हुने चलन परिवर्तन गर्न सक्छौं ।
राहुल गान्धी उनकी सुम्निमा उदासको विवाहमा सहभागी हुन सोमबार काठमाडौं आएका हुन् । सुम्निमा पूर्व सीएनएन संवाददाता हुन् । उनको विवाह मंगलबार र रिसेप्सन बुधबार हुने बताइएको छ ।
ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...
प्रतिक्रिया