दिल्लीमा यात्रुलाई चिसो राख्न अटो रिक्साको छतमा बगैंचा

२० वैशाख, काठमाडौं । भारतको राजधानी दिल्लीका अटो रिक्सा चालक महेन्द्र कुमारले आफ्ना यात्रुहरूलाई चिसो राख्न अनौठो जुक्ति निकालेका छन् ।

देशमा चर्को गर्मीको मौसममा कुमारले आफ्नो अटोरिक्साको छतमा बगैंचा स्थापना गर्दैछन् । 

भारतको मौसम विभागले उत्तरको अधिकांश भागमा ताप लहरको चेतावनी दिएको छ र मे ३ मा दिल्लीमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

राजधानीमा ४५ डिग्री सेल्सियसबीच छतमाथिको बगैैचाले उनको गाडीलाई चिसो राख्छन् । ४८ वर्षीय कुमारको ‘मुभिङ गार्डेन’ ले अटोरिक्सभित्र यात्रा गर्दा फोटो वा भिडियो खिच्ने ग्राहकहरूलाई आकर्षित गरिरहेको छ ।

फ्रान्सेली समचार संस्था एएफपीसँगको एक अन्तवार्तामा कुमारले भने, ‘लगभग दुई वर्ष पहिले मलाई गर्मीको मौसममा यो विचार आएको थियो । मैले छतमा केही बिरुवाहरू हुर्काए यसले मेरो अटोलाई चिसो राख्छ र यात्रुहरूलाई गर्मीबाट राहत दिन्छ ।’

नयाँ दिल्लीका सडकहरूमा पहेँलो र हरियो अटोरिक्सा जताततै भए पनि कुमारको गाडीभित्र दुई वटा मिनी कुलर र फ्यानहरू जडान गरेकाले फरक देखिन्छ ।

तीन सन्तानका पिता कुमारले ग्राहकलाई गरेको आफ्नो उत्कृष्ट सेवाका कारण थप टिप्स पाएको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रमुख लामा हटाएको भन्दै आयोगमा उजुरी
एक दिन अघि

काठमाडौँ, माघ १४ - गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प् ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP