दक्षिण कोरियामा २४ घन्टामा २० हजार भन्दा बढी कोरोना संक्रमित

दक्षिण कोरियामा २४ घन्टामा २० हजार भन्दा बढी कोरोना संक्रमित

१९ वैशाख,  सोल । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमित पछिल्लो २४ घन्टामा २० हजार भन्दा बढी देखिएका छन् ।

पछिल्लो समयमा भने यहाँ संक्रमितको संख्या घटेको देखिएको छ । गत २४ घण्टामा थप २० हजार ८४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ ।

अघिल्लो दिनको तुलनामा भने यो संख्या घटेको हो । अघिल्लो दिन अर्थात् शनिबार यहाँ ३७ हजार ७०० भन्दा केही बढी संक्रमित थिए । योसँगै यहाँका संक्रमितहरुको संख्या १ करोड ७२ लाख जना पुगेको बताइएको छ ।

पछिल्लो समयमा देखिएका मध्ये स्वदेशमै संक्रमित भएका र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । गत मार्च महिनाको मध्यतिर यहाँ दैनिक दुई लाख भन्दा पनि बढी संक्रमितहरु देखिने गरेका थिए । अहिले भने यहाँ संक्रमितको संख्या घटेको पाइएको छ । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

ऊर्जामन्त्री भुसालसँग बेलायतका राजदूतको शिष्टाचार भेट
3 बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचा ...

छुटाउनुभयो कि ?

TOP