युक्रेनमा रुसका नवौं जनरल मारिए

१९ वैशाख,  काठमाडौँ । युक्रेनमा रुसका नवौं वरिष्ठ सेना अधिकारी मारिएका छन् । युक्रेनी राष्ट्रपतिका सल्लाहकारले दिएको जानकारी अनुसार रुसी सेनाका मेजर जनरल एन्ड्ररे सिमनोभ स्लैनको युक्रेनमा मृत्यु भएको छ ।

उनको युक्रेनको खार्किभको उत्तरपूर्वी शहर इजुम शहरमा २९ अप्रिलमा भएको भिडन्तमा मृत्यु भएको बताइएको छ । ५५ बर्षिय सिमनोभ युक्रेनको उत्तरी युक्रेनमा पोस्टिंग थियो । युक्रेन युद्धमा मारिने सिमनोभ नवौं र सबैभन्दा कम उमेरका रुसी जनरल हुन् । उनी उनी इलेक्ट्रोनिक वेलफेयर स्पेसिलिष्टको रुपमा रुसी सेनामा कार्यरत रहेको बताइएको छ ।

युक्रेनी सेनाले गरेको जवाफी कारवाहीका क्रममा ३०० भन्दा बढी रसियन सेनाका अफिसर, ३६ कर्णेल र ९ जनरल मारिएको युक्रेनले दाबि गरेको छ ।  यसअघि भिडन्तमा रुसका कर्नेल डेनिस कुरिलो मारिएको युक्रेनले जानकारी दिएको थियो । कुरिलो रुसको २००औ राइफल ब्रिगेडका कर्नेल थिए ।२००औँ मोटराइज्ड राइफल ब्रिगेडले खार्किभको भिडन्तमा ठुलो क्षति बेहोरेको युक्रेनले दाबि गरेको छ । 

कुरिलो युक्रेनमा मारिने आठौँ वरिष्ठ सैनिक अधिकारी हुन् । यसअघि युक्रेनका विभिन्न ठाउमा रुसका सात वरिष्ठ सैनिक अधिकारीहरु मारिएका थिए ।

यस अघि युक्रेनमा रुसी नौसेनाका पहिलो श्रेणीका क्याप्टेन एन्ड्री पालीको भिडन्तमा मृत्यु भएको थियो । ५१ बर्षीय पाली रुसको ब्ल्याक सी फ्लीटका डेपुटी कमाण्डर थिए र आक्रमणमा मारिएका पहिलो नौसेना अधिकारी मानिन्छन् ।

यसअघि युक्रेनले रुसी सेनाका लेफ्टिनेन्ट जनरल आन्द्रेई मोर्दभिचेभलाई मारेको बताएको थियो, जो अहिलेसम्मको लडाईमा मर्ने सबैभन्दा वरिष्ठ रूसी जनरल हुन् ।

रुसको युक्रेन आक्रमणमा अहिलेसम्म कोस्ट्रोमाबाट ३३१औं गार्ड प्यारासुट असल्ट रेजिमेन्टका कर्णेल सर्गेई सुखारेभ मार्च १८ मा मारिएका थिए भने ४७ वर्षीय आन्द्रेई सुखोभेत्स्की मार्च ३ मा स्नाइपरको विशेष अपरेशनमा मारिएका थिए ।

त्यस्तै रुसी सेनाको १५०औं राइफल डिभिजनका ४७ वर्षीय  कमाण्डर मेजर जनरल ओलेग मित्याएभ, घेराबन्दी गरिएको शहर मारिउपोल वरिपरि लडाइँमा मारिए । त्यसैगरी ४५ बर्षिय मेजर जनरल भिटाली गेरासिमोभ मार्च ७ मा पूर्वी शहर खार्किभ बाहिर मारिए भने कर्णेल गार्ड्स ट्याङ्क डिभिजनका कमाण्डर एन्ड्रे कोलेस्निकोभ मार्च ११ मा लडाइँमा मारिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

स्थानीय निर्वाचन उम्मेदवारी दर्ता आज र भोली, यी १८ प्रतिबद्धता घोषणा गर्नुपर्ने
2 बर्ष अगाडि

ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...

छुटाउनुभयो कि ?

TOP