१८ वैशाख, काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धको आज ६७ औं दिन हो । यस युद्धले निम्त्याएको विनाशले युक्रेनलाई बर्बादीको संघारमा पुर्याएको छ। तर, युक्रेन ब्याकफुटमा आउन तयार छैन ।
पछिल्लो रिपोर्ट अनुसार रुसले ओडेसा एयरपोर्ट ध्वस्त पारेको छ । ओडेसाका क्षेत्रीय गभर्नरले रुसको कब्जामा रहेको क्रिमियाबाट रकेट प्रहार गरिएको बताए । यसमा कोही घाइते भएको खबर छैन । यसै क्रममा युक्रेनले रुसी सेनाले ओडेसामा धावनमार्गको उडाएको बदला लिएको छ । युक्रेनले रुसका दुई सुखोई र ७ वटा युएभी लडाकू विमान खसालेको छ ।
रुस र युक्रेनबीचको युद्धको बीचमा अमेरिकासँगै युरोपेली देशहरू पनि युक्रेनलाई सहयोग गर्न खुलेर अगाडि आएका छन् । नर्वेले युक्रेनलाई मिस्ट्राल एन्टी एयरक्राफ्ट मिसाइल प्रणाली दिएको छ । योसँगै डेनमार्कले पनि युक्रेनलाई ठूलो संख्यामा हतियार दिने योजना बनाएको छ ।
डेनिस मिडिया समूह ओएलएफआईको रिपोर्ट अनुसार डेनमार्कले युक्रेनलाई दर्जनौं बख्तरबंद गाडी र मोर्टार दिने भएको छ । डेनिस पक्षबाट युक्रेनले २५ पिरान्हा–३ बख्तरबंद गाडी, ५० एम–११३ बख्तरबंद सवारीसाधन र एम–१० मोर्टारसहित हजारौं गोला प्राप्त गर्नेछ ।
रसिया र युक्रेनबीचको युद्धमा शान्ति वार्ता गर्न प्रयासरत संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेट भएको १ घण्टापछि मात्रै युक्रेनको राजधानी कीभमा दुईवटा मिसाइल आक्रमण भएको थियो ।
यस हमलामा गुटेर्रेसको टोलीका कुनै सदस्यलाई क्षति पुगेको छैन, तर अचानक भएको आक्रमणबाट गुटेर्रेस छक्क परेका छन् । उनले आक्रमणको निन्दा समेत गरेका छन् ।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग मात्र नभइ रूसी राष्ट्रपतिलाई पनि भेटेका थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि मस्कोमा भेट गरेका थिए । गुटेरेसले युद्ध रोक्न खोजिरहेका छन्, तर दुवै देशको दृष्टिकोणले युद्ध रोकिने देखिँदैन।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!