विवादपछि अल्मुताइरीले दिए १० खेलाडीलाई माफी

विवादपछि अल्मुताइरीले दिए १० खेलाडीलाई माफी

१८ वैशाख,  काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका १० सदस्यले मुख्य प्रशिक्षकको व्यवहारका कारण टोलीको क्याम्प छाडेको बताएको तीन दिनपछि अब्दुल्लाह अल्मुताइरीले एन्फालाई पत्र काटेका छन् ।

उनकै कारण गत १४ वैशाखमा खेलाडीले क्याम्प छाडेका थिए भने १५ गते स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए । खेलाडीले अब्दुल्लाहको निकै दबाबका बीच टिम छाडेको प्रतिक्रिया दिएका थिए ।

यद्यपि अब्दुल्लाहले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र काट्दै खेलाडीले आफूलाई टिम छाड्दै गर्दा थाहा नदिएको  बताएका छन् । कुवेती नागरिक अब्दुल्लाहले आफूले खेलाडीलाई माफी दिएको र एन्फालाई कारबाही नगर्न आग्रह गर्दै महासचिव तुलाधरलाई आइतबार बिहान पत्र बुझाएका हुन् ।

यस्तै अब्दुल्लाहले टिम बनाउने जिम्मा आफ्नो भएको कारण बाहिर रहेका १० खेलाडीलाई टिममा नबोलाउने र जस्तोसुकै नतिजा आए पनि त्यसको जिम्मेवारी आफूले लिने बताए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जिम्बावे विरुद्धको खेलमा नेपालले फिल्डिङ रोज्यो
3 बर्ष अगाडि

जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फि ...

छुटाउनुभयो कि ?

TOP