नेपालमा २० कोरोना संक्रमित थपिए, २७ जना निको

१८ वैशाख, काठमाडौं । नेपालमा थप २० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट १८  र एन्टीजेनबाट २ संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.८ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५०८ पिसिआर र ७१४ नमुना एन्टीजेन परिक्षण गरि कुल ३ हजार २२२ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २२१ रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

प्रतिक्रिया

Recent Posts

छुटाउनुभयो कि ?

TOP