एनआरएनए स्वास्थ्य समितिमा डा सापकोटा

एनआरएनए स्वास्थ्य समितिमा डा सापकोटा

गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०, स्वास्थ्य समितिका संयोजकमा डा सञ्जीव सापकोटा मनोनीत हुनुभएको छ ।

एनआरएनएको शनिबार बसेको ८५ औंँ बैठकले डा सापकोटालाई सो समितिका संयोजकमा पुनः चयन गरेको हो ।

ग्लोबल नेपाली हेल्थ एक्स्पर्ट डा सापकोटा कोरोना महामारीमा विदेशमा रहेका नेपालीको तथ्याङ्क सङ्कलन तथा स्वास्थ्यसम्बन्धी जनचेतना कार्यमा संलग्न भइसक्नुभएको छ ।

उहाँसँग विश्व स्वास्थ्य सङ्गठनलगायत विभिन्न सरकारी जनस्वास्थ्य निकायमा जनस्वास्थ्य विशेषज्ञ, मेडिकल इपिडिमियोलोजिस्ट, अनुसन्धान वैज्ञानिक, परियोजना प्रबन्धक, वरिष्ठ तथ्या९ङ्क विश्लेषक, सञ्चार विशेषज्ञलगायत विभिन्न पदमा जनस्वास्थ्य र स्वास्थ्य सेवामा करिब २० वर्ष काम गरेको अनुभव रहेको एनआरएन सञ्चारकर्मी चिरन शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बारामा कांग्रेस ३, एमाले २ र जसपा १ वडाध्यक्षमा विजयी
3 बर्ष अगाडि

निजगढ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन् । कांग्रेसका उम्मेदवार सूर ...

छुटाउनुभयो कि ?

TOP