अमेरिकी सभामुख पेलोसी युक्रेनमा, राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता

१८ वैशाख, काठमाडौँ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी अमेरिकी कंग्रेसको एक प्रतिनिधिमण्डलसहित युक्रेन पुगेकी छन् ।

युक्रेनको राजधानी कीभ पुगेर पेलोसीले राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेकी छन् ।

राष्ट्रपति जेलेन्स्कीले सभामुख पेलोसीसहितको प्रतिनिधिमण्डल कीभ आएको जानकारी दिदै उनीहरुले युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्दै युक्रेनलाई समर्थन गरेको बताएका छन् ।

जेलेन्स्कीले सभामुख पेलोसीसहितको टोलीलाई धन्यवाद पनि दिएका छन् ।

रुसले आफ्नो आक्रमण युक्रेनको पूर्वी क्षेत्रमा केन्द्रीत गरेपछि विश्वका ठुला नेताहरु कीभ पुग्ने क्रम जारी रहेको छ । यस अघि अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री पनि कीभ पुगेर राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

स्थानीय निर्वाचन उम्मेदवारी दर्ता आज र भोली, यी १८ प्रतिबद्धता घोषणा गर्नुपर्ने
2 बर्ष अगाडि

ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...

छुटाउनुभयो कि ?

TOP