नेपालमा १४ कोरोना संक्रमित थपिए, १९ जना निको

नेपालमा १४ कोरोना संक्रमित थपिए, १९ जना निको

१६ वैशाख,  काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट १३  र एन्टीजेनबाट १ संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.८ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७७८ पिसिआर र ९९३ नमुना एन्टीजेन परिक्षण गरि कुल २ हजार ७७१ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २४३ रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

थप २१ जनामा कोरोना संक्रमण, १२७ जना सक्रिय संक्रमित
3 बर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स् ...

छुटाउनुभयो कि ?

TOP