टु श्रृखंलामा नेपालको पहिलो खेल ओमानसँग

 टु श्रृखंलामा नेपालको पहिलो खेल ओमानसँग

 

 आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने श्रृंखलामा नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृखंला जुन ८ देखि १५ सम्म अमेरिकाको हुस्टनमा हुँदैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आफ्नो आधिकारिक वेबसाइटमा उक्त श्रृंखलाको खेल तालिका अपडेट गरेको छ । जसमा नेपालले पहिलो खेल जुन ९ ९जेठ २६० मा ओमानसँग खेल्नेछ । यस्तै दोस्रो खेल जुन ११ ९जेठ २८० मा नेपालले अमरिकासँग खेल्नेछ । त्यसपछि नेपालले जेठ ३१ गते फेरि ओमानसँग र असार १ गते अमेरिकासँग खेल्नेछ ।

सन् २०२३ को एकदिवसीय विश्वकपमा छनोटको आधारको रुपमा रहेको लिग टु मा कूल ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा नेपाल १२ खेलबाट १२ अंक जोडेर छैटौं स्थानमा छ । नेपालले अहिलेसम्म जम्मा तीन वटा श्रृंखला खेलेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जिम्बावे विरुद्धको खेलमा नेपालले फिल्डिङ रोज्यो
3 बर्ष अगाडि

जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फि ...

छुटाउनुभयो कि ?

TOP