एक सय ६१ विद्यालय भवन पुनःनिर्माण

एक सय ६१ विद्यालय भवन पुनःनिर्माण

गोरखा भूकम्प गएको करिब आठ वर्षको अवधिमा यहाँ १६१ विद्यालयको भवन पुनःनिर्माण सम्पन्न भएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १६३ विद्यालय भवन पुनःनिर्माण गर्नुपर्नेमा हालसम्म १६१ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय एकाइ एवं साविक राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइ (शिक्षा)का इञ्जिनीयर दीपकराज कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अब जिल्लामा दुई विद्यालयका एक÷एक भवन निर्माण गर्न बाँकी रहेको र निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।” बेँसीशहर नगरपालिका–१० बाङ्गेको बालज्योति माध्यमिक विद्यालय र मध्य नेपाल नगरपालिकास्थित डढुवा दुच्र्छा माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन निर्माण गर्न बाँकी रहेको उहाँको भनाइ छ । ति बाँकी रहेका विद्यालय भवन एक महिनाभित्रमा सम्पन्न हुने बताइएको छ ।

जिल्लामा उक्त विद्यालय भवनमध्ये ९१ चार कोठे, १९ तीन कोठे र दुई कोठे ५३ विद्यालय भवन पुनःनिर्माण गर्नुपर्नेमा उक्त दुई विद्यालयका चार÷चार कोठे एक÷एक विद्यालय भवन निर्माण सम्पन्न हुन बाँकी रहेको छ । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

'गुणस्तरीय शिक्षाका लागि अब विदेश जानु पर्दैन'
3 बर्ष अगाडि

१७ वैशाख, काठमाडौं । काठमाडौं वल्र्ड स्कुलले प्रोग्रेशिप (गुणस्तरीय) शिक्षाका लागि विदेश जान नपर्ने ...

छुटाउनुभयो कि ?

TOP